राजनीति

अर्थमन्त्री महत भारत प्रस्थान



काठमाडौँ, ३१ असार । अर्थमन्त्री प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् ।आज बिहान जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत भारत प्रस्थान गरेका हुन् ।

उनको सचिवालयका अनुसार अर्थमन्त्री महतको साथमा वैदेशिक मामिला हेर्न सहसचिव श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे रहेका छन् । अर्थमन्त्री महत बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।