काठमाडौँ, १ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले कम्पनीमा २०७९ पौष मसान्तसम्म रिक्त भएका पदहरू खुला, समावेशी र आन्तरिक प्रतियोगिताद्वारा लोकसेवा आयोगबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गर्ने भएको छ । कम्पनीको प्रचलित कर्मचारी प्रशासन विनियमावली, २०६४ (दसौँ संशोधन) मा व्यवस्था भए बमोजिम देहायका योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको हो ।
दरखास्त फाराम कम्पनीको वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । निर्दिष्ट स्थानमा पासपोर्ट साइजको फोटो टाँस गरी आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्रहरू स्वयं प्रमाणित गरी यो सूचना प्रथम पटक गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव श्रोत विकाश शाखामा बुझाउन आह्वान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्