अर्थ

सार्वजनिक यातायातको भाडा घट्यो (सूचीसहित)



काठमाडौँ, १ साउन । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको हो ।