Banner News

दिगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठुलो चुनौती छ : अर्थमन्त्री



काठमाडौँ, १ साउन । अर्थमन्त्री डा.प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन् ।

आजबाट गान्धीनगरमा सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा.महतले भने, ‘अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताए ।

उनले श्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको बताए । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन तथा थप श्रोत उपलब्ध आह्वान बैठकमा उनले आह्वान गरे ।