काठमाडौँ, १ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन् ।
पदाधिकारीको बैठकका एजेण्डा तय गर्न धुम्बाराहीस्थित आफ्नो निवासमा बोलाइएको वर्तमान र पूर्व छलफलमा देउवाले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा सहभागी सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गर्नुभएको छ । यसमा फरक फरक विचार बैठकमा आएका छन् ।’
प्रतिक्रिया दिनुहोस्