काठमाडौ २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ ।ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।
एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो ।
बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने गरी आजको बैठक सकिएको छ ।
18 July 2023 17:16 PM
प्रतिक्रिया दिनुहोस्