राजनीति

कांग्रेस बैठक बिहीबार पुनः बस्ने



काठमाडौँ, ३ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएको छ । 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा दुई दिनदेखि बैठक  केन्द्रीय कार्यालय सानेपामा जारी छ । आजको बैठकमा केन्द्रीय सदस्यहरु-जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली र  नैनसिंह महरले आफ्नो धारणा राखेका छन् ।