राजनीति

बिहीबार राष्ट्रियसभा बैठक बस्दै



काठमाडौँ, ३ साउन । बिहीबार राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।

संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक सार्वजनिक गरेको छ । जसअनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । 

त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।