काठमाडौँ, ४ साउन । नेकपा एमालेको महासचिव शंकर पोखरेलले सुन तस्करी काण्डमा सरकारमा रहेका दलका नेताहरुको नाम मुछिनुले देशकै स्थिती गम्भीर देखिएको बताउनुभएको छ ।
हिजो सिनामङ्गलबाट एक क्वीटल सुन बरामद भएको विषयमा केन्द्रीत भई उहाँले एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले उक्त विषयले राष्ट्रलाई नै लज्जित बनाएकाले यस्ता घटनाहरुलाई प्रतिनिधिसभाको ध्यान जान जरुरी रहेको औंल्याउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘दिनहुँ सुन तस्करीका समाचारहरु आईरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर वाहिरिएको एकक्विन्टल सुन समातिएको छ । एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ । राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीररुपमा जानु आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस्