काठमाडौँ, ४ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्