समाचार

आजको मौसम



काठमाडौँ, ५ साउन । देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहान सामान्य बदली रहँदा बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली  रहने जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।