समाचार

जंगली च्याउ खाँदा एक महिलाको मृत्यु



काठमाडौँ, ६ साउन । डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारुको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।