राजनीति

खर्च विवरण बुझाएको विनोद चौधरीको दावी



काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरुको सूचीमा आफ्नो नाम उल्लेख गरेकोमा गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचीमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भएलगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ’, ‘तसर्थ, उक्त सूचीबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराइदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुँदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।’