राजनीति

संघमा दुईवटा सदन काम छैन, राष्ट्रियसभा खारेज गरौँ : अध्यक्ष लिङ्देन



काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् ।

आज कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा उनले वडा तहदेखि प्रतिनिधिसभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने बताएका हुन् ।

उनले प्रतिनिधिसभा भइसकेपछि राष्ट्रियसभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे । उनले भने, “नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधिसभा र राष्ट्रियसभा दुईवटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रियसभा खारेज गर्ने प्रतिनिधिसभा सदस्य घटाउनुपर्छ ।”