काठमाडौ, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले शनिबार नै ओलीलाई छलफलका लागि बोलाउनुभएको थियो । तर, ओली भने आइतबार बालुवाटार जानुभएको हो ।
प्रतिक्रिया दिनुहोस्