राजनीति

फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गराैँ : प्रदीप पाैडेल



रुपन्देही, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताएका छन । 

आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताए । उनले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधनिक व्यवस्था हुनुपर्ने बताए ।

नेता पौडेलले सुन काण्डको प्रभावकारी र पारदर्शी छानबिन हुनुपर्ने भन्दै भरियालाई दोषी बनाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिने प्रयास गरिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा मागिने बताए ।