Banner News

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान



काठमाडौँ, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बोलाइएको हो । बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठक बोलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए ।