राजनीति

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता



काठमाडौँ, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्तामा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन  २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।