काठमाण्डौ, १५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ।आज विहान बालुवाटारमा भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमै कुराकानी केन्द्रित रहेको परियारले जानकारी दिए।
संसद सञ्चालनमा यहाँहरूले राम्रै भूमिका खेलिरहनुभएको छ। यसलाई अझ प्रभावकारी बनाउन यहाँहरूको भूमिका अपेक्षित छ भनेर प्रधानमन्त्रीज्यूले भन्नभएको परियारले जानकारी गराए ।
छलफलमा आफूले संसदीय समितिका सभापति चयनमा ढिलाइ भइरहेको वताएको उनले वताए ।समितिमा महत्त्वपूर्ण विधेयकमाथि छलफल भइरहेको छ। तर, समितिका सभापति नहुँदा छलफल प्रभावकारी हुन सकेको छैन।
यथाशीघ्र चयन प्रक्रिया अघि बढाउनुपर्यो भनेर ध्यानाकर्षण पनि गराएको परिउारले वताए । उनले भने –‘जवाफमा प्रधानमन्त्री सकारात्मक रहेको पाएँ।
त्यस्तै प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि चासो राखेका थिए।
कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति बनाएर त्यसमा छलफल गरिरहेको छ। उपसमितिमा परियार आफै पनि छन्।
‘हामीले राज्य र विद्रोही दुवैतर्फबाट पीडितलाई बोलाएर छलफल गर्यौं। विधेयकका अन्तरवस्तुबारे राष्ट्रिय मानवअधिकार आयोग, कानुनविद्, सरोकारवाला, प्रबुद्ध व्यक्तित्वहरूसँग पनि कुराकानी गरेर प्रतिवेदन लेखन भइरहेको जानकारी गराएँ,’ उनले भने, ‘उपसमितिले प्रतिवेदन बनाएर समितिमा बुझाएपछि त्यहाँ पनि छलफल हुन्छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र टुंग्याउन प्रधानमन्त्री गम्भीर रहेको आफूले प्रधानमन्त्रीसंगको भेटमा पाएको परियारले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्