राजनीति

संवैधानिक परिषदको बैठक विना निष्कर्ष सकियो



काठमाडौँ, १६ साउन । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषदको बैठक विना निश्कर्ष टुंगिएको छ ।

बैठक अब बिहीबार बस्नेछ । बैठकमा सहभागी एक सदस्यका अनुसार, बैठकमा प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नेबारे छलफल भए पनि निर्णय हुन सकेन ।

मंगलबारकै बैठकले अर्को बैठक आगामी बिहीबार ५ बजे बस्ने तय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० साउनमा अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि नै संवैधानिक परिषदले अर्को नाम सिफारिस गर्नुपर्ने संविधानमा व्यवस्था छ ।