अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।