राजनीति

सुनकाण्डमा मेरो संलग्नता छैन : कृष्णबहादुर महरा



काठमाडौँ, १८ साउन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले सुन तस्करी प्रकरणमा आफु संलग्नता नभएको र निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो प्रकरणमा फोन गरेको भनी सार्वजनिक नम्बर आफ्नो नभएको र प्रयोग पनि नगरेको उनले उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,,” “जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु । साथै, आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।”