अर्थ

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौँ, १८ साउन । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य वृद्धि भएको छ । आज कारोबार समयमा बढेर परिसूचक २१ सय अंकभन्दा माथि पुगेपनि अन्तिममा करेक्सन भएर ३ अंकको मात्रै वृद्धि देखिएको हो ।

०.१४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।

परिसूचक सामान्य अंकले बढेको दिन आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, एनआईबीएल ग्रोथ फण्डको सेयर मूल्य समेत १० प्रतिशतले नै बढेको छ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर मूल्य भने ५.१९ प्रतिशतले घटेको छ ।