Banner News

प्रधानमन्त्रीद्वारा श्रम बजार मर्यादित र सुरक्षित बनाउन मन्त्री र सचिवहरुसँग छलफल



काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउनेबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको हो ।

छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने उपायका बारेमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले जानकारी दिए । यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।