राजनीति

मुख्यमन्त्री थापाद्वारा पहिचान पक्षधरको जायज माग पूरा गर्ने प्रतिबद्धता



विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज माग पा गर्ने प्रतिबद्धता जनाएका छन् ।

विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रदेशको नामकरण प्रदेशवासीकै लागि हो । प्रदेशको नाममा प्रदेशवासीको अपनत्व र स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत हुन सक्दैन । नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य हो,’ ‘प्रदेश सरकार यस विषयमा दृढ र प्रस्ट रहेको छ । प्रदेशसभामा रहेका प्रमुख प्रतिपक्षी दल लगायत सबै राजनीतिक दलहरूबीच आपसी सहमति कायम गर्दै प्रदेशको नाममा उठेका सबै प्रश्नहरू लगायतका समस्या समाधान गर्ने सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्दछौँ ।’