काठमाडौँ, २६ साउन । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ । प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्