समाचार

करेन्ट लागेर एक बालिकाको मृत्यु



चन्द्रौटा, २७ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर छ वर्षीय बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गाउँपालिका–२ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको हो । 

घर अगाडि नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाट घाइते हुनुभएको परिवारले जनाएको छ ।