विराटनगर, २९ साउन । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत फेल भएपछि स्थगित भएको बैठक भदौ १ गतेका लागि बोलाइएको हो ।
प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका छन् । यसअधि कोशी प्रदेशसभा नियमित सञ्चालन हुन नसक्दा संसद् सचिवालयमा दर्ता भएका दुईवटा प्रतिस्थापन विधेयक निष्क्रिय बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्