काठमाडौँ, १ भदौ । काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्