अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १ भदौ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १० हजारमा ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।