समाचार

बलात्कारको आरोपमा एकजना पक्राउ



काठमाडौं, २ भदौ । पर्वतमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ५५ वर्षीया एक महिलाको बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका–२, तमिला खर्कका २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

गएको साउन ३२ गते राति कार्कीले ती महिलामाथि कुटपिट र बलात्कार गरेको आरोप छ । कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।