काठमाडौँ, २ भदौ । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन् ।
आज ललितपुरमा आयोजित मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’, प्रा.डा सृजना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ कृतिहरूको लोकार्पण कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिएको उल्लेख गर्दै छिट्टै संसद् सुचारु हुने विश्वास समेत व्यक्त गरे ।
वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाइ गर्न नहुने बताएका हुन् । उनले भने, ‘तर जे होस् गोभरमेन्ट र अपोजिशनले बसेको त्यो कुरा मिलाउनुपर्छ । कुरा पनि चलिराख्या छ क्यारे । अब यो प्रधानमन्त्रीजीले लिडर अफ अपोजिशनसँग छलफल गराएर यसको सोलुसन निकाल्छु भन्नुभएको थियो । निकाल्नुहोला ।’
प्रतिक्रिया दिनुहोस्