अर्थ

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौँ, ५ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजारमा ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ९५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।