काठमाडौँ, ११ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै त्यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने बताएका छन् ।
आगामी भाद्र २९ गते पार्टीले बृहत विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने बताए ।
उनले मुलुकको गौरवशाली इतिहास, धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्रविरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिए । थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्