Banner News

विमानस्थल भन्सारका कर्मचारीको सामूहिक सरुवा माग



काठमाडौ १३ भदौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेका छन् ।
भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका १३७ कर्मचारीले विभागसमक्ष सरुवा मागेका हुन् ।
पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुस्ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

आफूहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने गरिएको उनीहरुको गुनासो छ ।

अनुसन्धानका नाममा अनावश्यक टर्चर दिइएको भन्दै कर्मचारीहरुले कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न मनोवैज्ञानिक त्रास उत्पन्न भएकाले सरुवा मिलाइदिन कर्मचारीहरुले आग्रह गरेका छन् ।
स्वयं हामी तथा हाम्रा घर, परिवार कुन मानसिक तनावबाट गुज्रिरहेका छौं त्यो कसैले कल्पना गर्न सक्दैन । बिनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ । हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकारात्मक हुदैँ गएको छ, कर्मचारीहरुले भन्सार विभागलाई लेखेको पत्रमा भनिएको छ