भक्तपुर, १५ भदौ । भक्तपुरको सूर्यविनायक साँगा सडक खण्डको निर्माण कम्पनीमा कार्यरत मजदुर पैसाको अभावमा गोठमा छटपटाई रहेको अवस्थामा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले उद्धार गरेको छ ।
धनकुटा महालक्ष्मी नगरपालि वडा नं ४ निवासी मुकेश चापागाईँलाई भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनका केन्द्रीय सचिव कपिल खड्काले आफ्नो निजी खर्चबाट श्रमिकको उपचार गराउँदै हुनुहुन्छ । सडक निर्माण कम्पनीमा काम गर्ने १५ जना कामदारहरूलाई ठेकेदारले ज्याला नदिँदा उनीहरू खान, बस्न र उपचारबाट समेत वञ्चित हुनुपरेको छ । पैसाको अभाव हुँदा खर्च जुटाउन नसकेका श्रमिकहरू गोठमा बस्न बाध्य भएका छन् ।
दयनीय अवस्थामा रहेका श्रमिकलाई सचिव खड्काले भक्तपुर अस्पतालको आकस्मिक कक्षामा उपचारका लागि लाग्नुभएको थियो। बिरामीको अवस्था बुझ्न सङ्गठनका जिल्ला अध्यक्ष रञ्जन खड्का र जिल्ला उपसचिव रमेश कार्की अस्पताल पुग्नुभएको थियो । बिमारीलाई थप उपचार गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।
संगठन जिल्ला अध्यक्ष रन्जन खड्का र जिल्ला उपसचिव रमेश कार्कीले बिमारीको अबस्था बुझ्दा निज बिमारीलाई थप उपचार गर्नु पर्ने अवस्था देखिएको र उक्त बिमारी बारे जानकारी लिइएको र आवश्यक सहयोग गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्