Banner News

पोखरामा प्रचण्डले भने– ललितानिवासमा माधब नेपाल निर्दोष



काठमाण्डौ, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् ।

समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा बोल्दै प्रचण्डले माधव कुमार नेपाल ललिता निवास जग्गा प्रकरणमा मुछिने डर आफूलाई पनि भएको बताए ।

माधवजीबारे पनि विभिन्न प्रश्न उठेको थियो । निर्दोष हो भन्ने सावित भयो,अब प्रश्न उठाउने ठाउँ रहेन । सीआईबीले बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन पर्दैन भनेको छ । दोषी गइराखेका छन् । सीआईबीले के हो भनेर उहाँको पनि बयान लियो,बयान लिएर मुद्दा चलाउन नपर्ने भनेर लिखित दिएपछि सधैंको टेन्सन सकियो त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो’,उनले भने

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ थियो ।