मोरङ, १६ भदौ । सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो । पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैँची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्