Banner News

सरकारले सुन तस्करीको तमासा गर्यो : अध्यक्ष ओली



 बुटवल, १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका छन् । 

आज बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको बताएका हुन् । 

उनले भने, ‘साढे ९ किलो सुन आयो र हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरी आयो । स्टोरमा राखियो त्यहाँबाट हरायो, कसरी हरायो भनेपछि फेरि आयो । बजारबाट त्यस्तै नक्कली सिगरेट बनाएर राखिएको रहेछ । फेरि सक्कली आयो फेरि हरायो । कति लाजलाग्दो घिनलाग्दो तमासा । जसले एउटा आइटममा क्विन्टलका क्विन्टल कति दिनदेखि सुन ल्याउँछ, पक्राउ परेको मान्छे को छ भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ । विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो त्यो ? कसले नागरिकता दिन आदेश दियो, कसले नागरिकता बनायो ? त्यो खोजी गरन ।’