समाचार

गठ्ठाघरमा ‘सान्ज ग्लोविन’ मेकअप स्टुडियो सञ्चालनमा



भक्तपुर, १६ भदौ । भक्तपुरको गठ्ठाघरमा अत्याधुनिक मेकअप स्टुडियो सञ्चालनमा आएको छ ।

महिलाको लागि मेकअप सम्बन्धी कार्यहरु गर्ने लक्ष्यका साथ गठ्ठाघर चोकमा आजदेखी सान्ज ग्लोविन मेकअप स्टुडियो तथा एकेडेमी सञ्चालनमा ल्याइएको छ । जहाँ मेकअप सम्बन्धी अत्याधुनिक प्रविधि तथा सामाग्रीहरुको प्रयोग गरिएर सेवा प्रवाह गरिने भएको छ । काठमाडौँको नयाँ बानेश्वमा मुख्य कार्यालय रहेको उक्त स्टुडियोको दोस्रो शाखा कार्यालयको रुपमा गठ्ठाघरमा सञ्चालनमा ल्याएको बताइएको छ । शुष्मा भुजेल, नमुना श्रेष्ठ तथा सुजीता लामाको संयुक्त ५० लाखको लगानीमा उक्त स्टुडियो सञ्चालनमा ल्याएको छ ।

मेकअप स्टुडियोमा व्युटिसीयन सम्बन्धीका सम्पूर्ण कार्यहरुको हुने सञ्चालक शुष्मा भुजेलले बताउनुभयो । उहाँका अनुसार उक्त मेकपअ स्टुडियोमा मेकअप सम्बन्धीका सम्पूर्ण तालिमहरुको व्यवस्थासमेत गरिएको छ । ‘यहाँ हामी महिलाको मेकअप सम्बनधी सम्पूर्ण कार्यहरु सुलभ ढंगले गर्नेछौं । मेकअपको साथ साथै व्युटिसीयन सम्बन्धी सम्पूर्ण तालिमसमेत सञ्चालन गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘जसले देश तथा विदेशमा समेत काम गर्न सहज हुनेछ । सीपको माध्यमबाट महिलालाई आर्थिक उपार्जको माध्यममा जोड्नेछौं । महिलालाई आर्थिक उपार्जन गरी आफु रोजगारीमा जान्नै पर्ने बाध्यताको अन्त्य गर्दै आफै रोजगारी दिनसक्ने क्षमतावान् बनाउनेछौं ।’

काठमाडौँ र गठ्ठाघरमा गरी हाल ६ जनाले रोजगारी पाइरहेको उहाँले जानकारी दिनुभयो । नयाँ शाखा सञ्चालनको अवसरमा आगामी एक महिनासम्म तालिम तथा मेकअप सम्बन्धीका सम्पूर्ण कार्यहरुमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ । उक्त मेकअप स्टुडियोमा नेल आर्ट, हेयर कटिङ, हेयर स्ट्रेइट, फेसीयल, हाइड्रा फेसीयल, हेयर कलर, हेयर कटिङ, थ्रेडिङ, एयर लक, केराटन स्मोथिनलगायतका मेकपअ सम्बन्धीका कार्यहरु आधुनिक तवरले सेवा प्रदान गरिने बताइएको छ ।