राजनीति

दानको जग्गालाई खरिदमा परिणत गर्नेहरूविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौँ, १७ भदौ । दानपत्रमा प्राप्त जग्गालाई खरिद गरेको देखाउँदै भुक्तानी दिने सोलुखुम्बुको लिखुपिके–२ का वडाध्यक्ष, प्रशासकीय अधिकृत र लेखापाल भ्रष्टाचारको फन्दामा परेका छन् ।

लिखुपिके–२ मा वडा कार्यालय भवन निर्माण जग्गा चाहियो । तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतले भवनका निम्ति निःशुल्क दानपत्रमा जग्गा दिए ।

तर, पछि वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दानपत्रबाट प्राप्त जग्गा खरिद गरेको देखाउँदै ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार दुवैविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगको दाबीमा, दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत जग्गा खरिद गरेको झुटा व्यहोरामा उक्त रकम भुक्तानी दिएका थिए । दानपत्रमा प्राप्त जग्गामा भुक्तानी दिन वा लिन मिल्दैन ।