काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।
काठमाडौँ महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उपचारका क्रममा आज बिहान ७:३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रिजाललाई डेंगीसमेत लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्