काठमाण्डौ, २५ भदौ ।नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा० को विवाद उत्कर्षमा पुगेको छ । विवाद बढ्दै जाँदा अध्यक्ष र महासचिवलाई बर्खास्तगीको माग गर्दै ४० प्रतिशत सदस्यले निवेदन दिएका छन् ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै एन्फाका ४८ सदस्यले निवेदन दिएका हुन् । उनीहरूले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निवेदन दिएका हुन् । एन्फामा हाल ८६ सदस्य छन् ।
एन्फाको विधानअनुसार ४० प्रतिशत सदस्यले हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन निवेदन दिएमा त्यसको ३० दिनभित्र साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ । उक्त साधारणसभामा नेम्वाङ र राईलाई बर्खास्त गर्ने एजेन्डा राख्न निवेदनमा माग गरिएको छ ।
विधानअनुसार अब २३ असोजभित्र विशेष साधारणसभा बोलाइसक्नुपर्ने हुन्छ । त्यसो नभए निवेदन दिनेहरूले नै साधारणसभा बोलाउन सक्नेछन् । तर, अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न साधारणसभामा दुई तिहाई मतको आवश्यकता पर्छ ।
प्रतिक्रिया दिनुहोस्