अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २७ भदौ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ६५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि  १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।