राजनीति

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित



काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।  आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् ।

यस्तै बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।