पोखरा, ३० भदौ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पहिलो अधिबेशनको उद्घाटन समारोहमा ५० हजार कार्यकर्ता पोखरा उतार्ने भएको छ ।
आगामी असोज १५-१६ पोखरामा हुन गईरहेको नेकपा (एमाले) गण्डकीको प्रथम प्रदेश अधिवेशनको तयारीको सन्दर्भमा जन परिचालन उपसमितिको बैठकद्वारा निर्णय गरिएको उप सचिव एवम प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए ।
अधिबेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले अमरसिंह चौरमा गर्ने कार्यक्रम तय भएको आचार्यले उल्लेख गरे । पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारिले अधिबेशन भब्य बनाउन सम्पूर्ण जन संगठन सहित पार्टी पंक्ति प्रभावकारी ढंगले लागि पर्न आग्रह गरे ।
पार्टी स्थायी कमिटी सदस्य थममाया थापाको अध्यक्षतामा सप्पन्न उप समितिको बैठकले असोज १५ गते हुने उद्घाटन सभामा ५० हजार जना कार्यकर्ता उपस्थिति गराउने तयारीको लागि पालिका, वडा, टोल र जनसंगठनका बैठकको मिति तय गर्नेदेखि घरदैलोसम्मको योजना बनाएको पार्टी प्रदेश प्रचार तथा प्रकाशन विभाग सदस्य रामजी प्रसादले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्