काठमाडौँ, १ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आजपनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।
महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । सुनको मूल्य हिजो तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि हिजो आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस्