काठमाडौँ, ३ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्