समाचार

जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ



डडेल्धुरा, ४ असोज । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । 

कमल र २ जना १८ वर्र्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।