काठमाडौँ, ४ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका हुन् । उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पु¥याउनुपर्ने बताए । नेपालका राजनीतिक दलहरु एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पु¥याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए ।
शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने र कुनैपनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाई छ । उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए । उनले पीडितहरुसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको बिषय टुंगिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्